मुक्तक दोहोरी

गोटिभी संवाददाता / सत्यवती ६ जोहाङ गुल्मी हाल कर्मभुमी हङकङबाट| २०७७ चैत्र ११

केटा
भएको छैन बिहे दाईको घरमा
म परिसके अब लौ तिम्रो भरमा
माया प्रेम अन्धो हुनेरहेछ है प्रिया
तिमीलाई राख्नेछैन स्वार्थी सहरमा ।

केटी
मनपराए तिमीलाई अन्तरमनमा
मलाई रम्नदेऊ दिलको सहरमा
मैले गर्ने छैन कुनै सर्त तिमीसंग
तिमी बनीदेऊ असल मेरो नजरमा ।

केटा
प्रिया असल म तब सम्म हुनेछु
यो दिल ले त्यो दिल भित्र छुनेछु
संका छैन मलाई तिमीमा कुनै
बाहिर नलगाउ नजर बेस्सरी रुनेछु ।

केटी
बाहिर किन लगाउनु नजर जब तिमी हुन्छौ
जब तिम्रो मायालु कुराले यो दिल छुन्छौ
मान्नु पर्दैन कत्तिपनी डर प्रिया तिमीले
सातै जुनी तिमी मेरै मायाको जाल बुन्छौ ।

केटा
नारी असलहुनु अनिवार्य छ समाजमा
पुरुष पत्नीव्रता बन्दैन कुनै जमानामा
म त सधै नै पत्नीव्रता हुनेछु है प्रिया
जब नराम्रो कुरा भरिदिदैन तिम्रो कानमा ।

केटी
अरुको कुरा सुनौला संका उपसंका गरौला
काट्नै परे नौ डाडा पनी हामी संगै तरौला
विस्वास गर्ने छैन म अरुको कुनै हालतमा
सातै जुनी म हजुरको प्रेमको भरैमा परौला ।

केटा
समाज स्वार्थी होला कुरा काट्नपनी सक्ला
तिम्रो र मेरो बारेमा वाईयाती कुरा पनी वक्ला
तर हामी हुनु हुदैन कहिल्यै बेईमानी एकर्कामा
अनि प्रेमको सच्चा जोडी कहलाउन कस्ले रोक्ला ।