प्रेमील गजल

नारायण भण्डारी “आर्यन” | २०७७ चैत्र ३०

प्रेमको कुरा गरि नजिक ल्याई फेरि बार्न न खोज
जिउदो मानव हुँ , कुन्ठ्याएर पोको पार्न न खोज


प्रेमीहरुकोलागी जिउँदो ईतिहास हुँ , दुनियाँमा
मेरै कम्जोरी औल्याएर मलाई तल झार्न नखोज


मेरै कम्जोरी औल्याएर मलाई तल झार्न नखोज
मलाई प्रेम कति गर्छ भनी जाँच्न दुत नपठाउ यहॉ
प्रेमको सागरमा डुबि सकेछु खोली तार्न न खोज


चाहिदैन तिम्रो स्वार्थी त्यो प्रेमको शिंहासन मलाई
अनेक बहानाबाजी गर्दै घाँटी थिची मार्न न खोज


हिजो जे भयो अतित थियो हाम्रो ईतिहास प्रिया
मेरै प्रेमी भनेर पागल बनाई , अब टार्न न खोज ।