जोहाङ रुपन्देही समाजको रक्तदान कार्यक्रम

नारायण भण्डारी “आर्यन”|२०७८ बैशाख ४

गुल्मी जिल्लाको साविक जोहाङ गाविस बाट रुपन्देहि जिल्लामा वसोवास गर्दै आईरहेका जोहाङवासी दाजु भाई दिदीबहिनी हरुको संस्था जोहाङ रुपन्देही संपर्क समाजले भोली अर्थात बैशाख ५ गते बुटबलमा बृहत रक्तदान कार्यक्रमको आयोजना गरेको कुरा जानकारी गराईएको छ।

आईतवार विहानको ७ बजे लुम्बिनी प्रदेशको वुटवलमा रहेको व्लड बैंकमा सबै रक्तदान गर्न ईच्छुक व्याक्तिहरु उपस्थित भएर आफुसंग रहेको केहि रगत दानदिएर अन्य व्याक्तिक ज्यान वचाउने काममा पुन्य कमाउनको लागी हार्दिक अपिल गरिएको छ उक्त कार्यको व्यानर र प्रसंसापत्र पारेश्वर भण्डारीले सौजन्य गरेका छन। जोहाङ रुपन्देहि समाजले यस्तै खाले विभिन्न कार्यक्रमहरु समय समयमा गर्दै आईरहेको छ।

हिजो भर्खरै बैशाख ३ गते जोहाङबाट रुपन्देहिमा बसोबास गरिरहेका जोहाङबासीको लागी जन्म, मृत्यु, विवाह दर्ता र वसाईसराईको काम गराउनको लागी वडा सचिव रमा भण्डारी बुटबलको दुर्गा मन्दिरमा आएर सेवा प्रदान गरेकी थिईन । भने यसरी नै बिभिन्न समयमा बृद्द भत्ता बितरणका लागी समेत गाउपालीकाका पदाधिकारी आएर सेवा दिईरहेका छन उक्तकार्यबाट पक्कैपनी जोहाङबाट रुपन्देहीमा बसोवास गर्दै आईरहेको जोहाङवासीहरु लाभान्वित भएका छन।