नयाँ वर्षको पहिलो दिन बन्यो गुल्मीवासीका लागी कालो दीन

गोटिभी संवाददाता|२०७८ बैशाख २

नयाँ वर्षको पहिलो दिन गुल्मेली जनताको लागि कालो दिन भएको छ। गुल्मी जिल्लावाट प्युठानको स्वर्गद्वारि जाँदै गरेको जिल्ला प्रशासन कार्यालय गुल्मीका १४ जना कर्मचारी र परिवारका सदस्य चढेको जिप स्वर्गद्वारिको रुमालेमा दुर्घटना ४ जनाको मृत्यु ४ जना गंभिर घाइते घाइतेहरुलाइ हेलिकप्टर मार्फत काठमाण्डौं लगिएपनी सबैको ज्यान वचाउन असफल भएको खवर प्राप्त भएको छ।

उक्त घटनाबाट प्युठानको स्वर्गद्वारी रुमाले मा ज्यान घुमाउने जिल्ला प्रशासन कार्यालय गुल्मीका कम्प्युटर अपरेटर सूर्य पन्थी मुद्दा शाखाका धुर्कोट ७ निवासी ईश्वर भण्डारी खरिदार यमलाल पन्थी प्रशासकीय अधिकृत स्याङ्जा निवासी वर्ष ३८ का श्याम न्यौपाने र मुसिकोट नगरपालिका वडा नम्बर ३ बस्ने वर्ष २२ को जीप चालक केशब कार्की गरी ५ जना को ज्यान गएको छ संपूर्ण मृतआत्मा प्रती भावपुर्ण श्रद्वान्जली अर्पण गर्दै सोकाकुल परिबारजन प्रती गहिरो समवेदना व्याक्त गर्दै इश्वरले धैर्य धारणा गर्ने शक्ति प्रधान गरुन र सम्पुर्ण घाइते गरुमा सिघ्र स्वास्थ्या लाभको कामना गर्दछौ र यो किसीमका घटनाहरु कम कसरी गर्न सकिन्छ भन्नेकुराको ध्यान पुर्याई संवन्धित नियायले गम्भिरताका साथ अनुसन्धान गरी आगामी दिनमा कसरी यी र यस्ता घटनाबाट वच्न र वचाउन सकिन्छ बेलैमा ध्यान दिनुपर्ने देखीन्छ ।

अन्यथा यसरी नै अकालमा ज्यान गुमाउनेहरुको संख्या गन्दा दिन विताउनु सिवाय केही हुनेछैन ।