नेपालको एयरपोर्ट प्रयोग गरेर बिदेशीने भारतीय बढे

गोटिभी संवाददाता|२०७८ बैशाख १

भारतमा दैनिकरुपमा बढ्दै गैरहेको कोभिडको कारणले भारतको हवाईमार्ग भएर बिदेशीन बिभिन्न देशले रोक लगाएपछि भारतीय नागरीकहरु नेपालको हवाईमार्ग भएर बिदेशीनेको संख्यापनी दिनानुदिन बढ्दै गैरहेको छ ।

भारतमा दैनीक कोभिड-१९ लाग्नेको संख्या औषतमा १.८४ लाखको हाराहारीमा भएको र हिजो मात्रै अर्थात पछिल्लो २४ घन्टामा भारतमा १०२४ जना को मृत्यु भएपछि यो अवस्था रोकीनेवाला छैन त्यसैले नेपाल सरकारले नेपाली नागरिकलाई बिदेशबाट आउनमा लगाउनेगरेको प्रतिबन्दको सट्टा भारतियलाई नेपालको हवाईमार्ग भएर बाहिरिनमा रोक लगाउनुमा नै उत्तम हुन्छ।


त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै विदेश जानेमा भारतीयको संख्या बढेको अध्यागमन विभागले पनि आकलन गरेको छ । तर कोभिड–१९ कै कारण संख्या बढेको हो भन्ने विभागले ठहर गरेको छैन । अध्यागमनका महानिर्देशक रमेश केसीका अनुसार भारतमा पछिल्लो समय कोभिड–१९ संक्रमण बढेपछि भारतको अध्यागमनमा केही कडाइ गरिएको छ । ‘त्यसपछि नेपालको बाटो हुँदै अन्य मुलुकमा उड्ने भारतीयको संख्या बढेको देख्न सकिन्छ,’ उनले भने ।

अप्रिलबाट नेपालको बाटो हुँदै तेस्रो देश उड्ने भारतीयहरूको संख्या बढेको उनको भनाइ छ । ‘नियमितभन्दा बढी भारतीय विदेश उडेका छन्, तर उनीहरूलाई नेपालस्थित भारतीय दूतावासले जारी गरेको एनओसी पत्रका आधारमा मात्र उड्न दिइन्छ,’ उनले भने, ‘भारतीय बाटो हुँदै नेपाली उड्नुपरे पनि दिल्लीस्थित नेपाली दूतावासको एनओसी चाहिन्छ ।’ उनका अनुसार नेपालबाट वा भारतबाट पहिलो पटक अर्को मुलुकमा उड्दा एनओसी अनिवार्य रूपमा चाहिन्छ ।

सक्नेले नेपालका होटलमा १४ दिनको क्वारेन्टाईन बिताएर वा नसक्नेले विभिन्न सेल्टरहरुमा वा आफन्तकोमा १४ दिन वसेर बाहिरीमुलुकमा जादा पनी कोभिड रोगवाट नेपाललाई झन खतरा पुर्याउछ । त्यसैले पर्यटक भित्र्याएर आम्दानी बढाउनुभन्दा यस्ता पर्यटकलाई नेपाल प्रबेशमा रोक लगाउनुमा नै उत्तम हुनेछ।