गुल्मेली अनलाईन टिभीका नियमित कार्यक्रमहरु

गोटिभी संवाददाता| २०७७ चैत्र १०

हालको अवस्थामा आएर गुल्मेली अनलाईन टिभीले नियमित रुपमा लोक चौतारी कार्यक्रम दैनिक रुपमा साझँ ५ बजेदेखी ६ बजेसम्म निरन्तर रुपमा कार्यक्रम संचालन गरीरहेको छ र यसका संचालक हरुमा दिया र दिपक ले आलोपालो रुपमा संचालन गर्नुहुनेछ । साप्ताहिक रुपमा साप्ताहिक राशिफल र कुण्डली विवेचना कार्यक्रम संचालन नारायण भण्डारी “आर्यन” ले गर्नुभएको छ भने ज्योतिषिको भुमिकामा नेपालबाट गुरु ज्ञानचन्द्र उपाध्याय र मिमराज उपाध्यायलाई जोडेर कार्यक्रम निकै रौनकताका साथ चलाईरहनु भएको छ र निकै धेरै दर्शकले रुचाउदै आउनुभएको छ।

यसरी नै हाम्रो गुल्मेली अनलाईन टिभीबाट साताको ३ दिन पृथक सैलीका साथ कार्यक्रम लिएर कार्यक्रम संचालिका सरु भण्डारी आउनुहुनेछ। निकट भविस्यमै रचना वाचन कार्यक्रम पनी संचालन गर्ने र अन्य विविध कार्यक्रम हरु समय अनुसार संचालन गरिनेकुरा पनी जानकारी प्राप्त भएको छ।