हङकङ साहित्यिक साझा श्रृंखलाको नवौ वार्षिक उत्सव विशेष कार्यक्रम हुने

गोटिभी संवाददाता| २०७७ चैत्र ३०

हङकङमा रहेका विभिन्न साहित्यिक संस्था मध्ये अभिछिन्न रुपमा रहेको र हरेक महिनाको अन्तिम आईतवार एउटा कार्यक्रम गर्दै आईरहेको र यसरी कार्यक्रम नियमित रुपमा गरेर आठौ वर्ष पुरागरी नवौ वर्षमा प्रवेश गरेको हङकङमा नै जन्मेको संस्था हङकङ साझा श्रृंखलाले यहि महिनाको आउदो २५ तारिक अर्थात एप्रिल २५ तारीकका दिन विषेस कार्यक्रम गरी दिनको १ बजे बगौचा रेष्टुरेन्ट जोर्डनमा मनाउने भएको छ।

कोभिड-१९को वेलामा हङकङ सरकारले रोक लगाएको वेला बाहेक हरेक महिनाको अन्तिम आईतवार हङकङका साहित्यकारहरु जम्मा भएर रचना वाचन, गित संगीत, चित्रकारिता, पुस्तक विमोचनलगायतका कुराहरुलाई समेटेर करिव २ घन्टाको कार्यक्रम हरेक महिना गर्दै आएको संस्थाले नेपाली साहित्यको श्रीबृद्दिकोलागी एउटा ईटा थप्ने काम गरेको छ भन्दा कुनै अत्युक्ति हुदैन। यहि संस्थाबाट आवद्द हुदाहुदै कतिजना कवि बने कति कथाकार हुदै आफ्नो कृती बजारमा ल्याउनेहरु पनी छन र जन्मिने छन।

हङकङ साहित्यिक साझा श्रृंखलाको भाग ५ पुस्तक बिमोचन हरेक २ वर्षमा हुने नयाँ नेतृत्वको चयन सगैं उक्त पुस्तक भित्र हङकङको साहित्यको ईतिहास र साझा श्रृंखला , हङकङमा वसेर नै पुस्तक जन्माउनेहरु, हङकङमा वसेर कलम चलाउनेहरु, हङकङको साहित्यमा गोडमेल गरेर लाखापाखा लाग्नेहरु, हङकङको साहित्यिक कार्यक्रममा वाहिरवाट गएर उपस्थित जनाउने साहित्यकारहरु, उक्त पुस्तकमा सृजना पस्कनेहरु आदि पढ्न पाउनुहुनेछ । विभिन्न यस्ता कौतुहल मेटाउनकै लागि पनि हङकङमा रहनुहुने सवैमा यस कार्यक्रममा उपस्थित हुनको लागि विनम्र आग्रह गर्दछन संस्थापक संयोजक चन्द्र मादेन आन्छन।

यसरी नै हङकङमा धेरै साहित्यिक संघ संस्था खुलेपनी निरन्तर ९ वर्ष सम्म चल्ने र नियमित कार्यक्रम संचालन गर्ने हङकङ साहित्यिक साझा श्रृंखलालाई अझ निरन्तर अगाडी बढ्नको लागि हार्दिक शुभकामना व्याक्त गर्दछौ र मिडीया पार्टनरको रुपमा निरन्तर २ वर्षदेखी सहकार्य गर्न पाएकोमा गुल्मेली अनलाईन टिभी आगामी दिनमा पनी यसरी ना सहकार्य गर्ने प्रतिवद्दता व्याक्त गर्दछौ।