हिन्सको मासिक स्वास्थ्य जाँच कार्यक्रम पुन: सुचारु

गोटिभी संवाददाता| २०७७ चैत्र ३०

हङकङमा रहेका विभिन्न नेपाली संघ संस्था हरुमध्येमा नियमित रुपमा प्रतेक महिना केहि न केहि कार्यक्रम गरिरहेको कुरा हङकङमा वस्ने नेपालीहरुलाई अवगत नै रहेको छ र यसको नाम सगौरव लिनुपर्दा हङकङ एकिकृत नेपाली समाज अर्थात Hong Kong Integrated Nepalese Society (HINS) अग्रणी स्थानमा पर्दछ।

हिन्सले पहिले देखीनै हङकङमा वस्ने नेपालीहरुकालागी प्रतेक महिनाको पहिलो आईतवार स्वास्थ्य जाँच सेवा साथमा विभिन्न जानकारीमुलक कार्यक्रमहरु गर्दै आईरहेको छ। कोभिड-१९ को कारणले केहिसमय उक्त कार्यक्रम स्थगन गरीएको थियो र अहिले आएर पुन: संचालन गरीएको छ। कोभिडको वेलामा विभिन्न चरणमा गरेर माक्स वितरण गरेको हिन्सले नेपाली समुदायको लागि फरक फरक कार्यक्रम ल्याएकोमा नेपालीहरु पनी हिन्सप्रती कृतज्ञ रहेका छन।

यो एप्रिल महिनाको कार्यक्रममा हिन्सले अहिले विश्वसाई नै आतंकित वनाईरहेको कोभिडको वारेमा हङकङ सरकारका स्वास्थ्य विभागका टोलीलाई सम्मिलित गरेर कोभिडको र यसबाट बच्नअहिले प्रयोगमा ल्याईएको खोपको वारेमा जानकारी दिईएको थियो।

हिन्सका कार्यक्रम र यसको वारेमा जानकारीको लागि हिन्सले संचालनमा ल्याएको फेसवुकमा साथी बनेर पनी जानकारी पाउन सक्नुहुनेछ अथवा हिन्सको कार्यालय ३९६ सांघाई स्ट्रीटको पहिलो तल्ला याउमातेईमा पनी संपर्क राख्न सक्नुहुनेछ ।