भाग्यमानी नेपाली जसले नेपालटेलीकमको 5G सेवा एकवर्षसम्म निसुल्क

गोटिभी संवाददाता| २०७७ चैत्र १२

नेपाल सरकारको स्वामित्वमा रहेको नेपालटेलीकमले मोवाईलको ईन्टरनेट सेवामा अहिले विश्वमा रहेको फास्ट ईन्टरनेट सेवा 5G परिक्षणको क्रममा नेपाल सरकारवाट नेपाल टेलाकमले फ्रिक्वेन्सी सित्तैमा पाउने भबएपछि यसका उपभोक्तालेपनी सित्तैमा प्रयोग गर्न पाउने भएका छन।

गत २ साता अगाडी मात्र सुचना तथा संचार मन्त्रालयले नेपालमा पनी अहिलेको पछिल्लो प्रविधि 5G सेवा विस्तार गर्ने सोच वनाएर नेपाल दुरसंचार प्राविधिकरणलाई संचार मन्त्रालयले निर्देशन दिएको थियो। सोमबार बसेको रेडियो फ्रिक्वेन्सी नीति निर्धारण समितिले एक बर्षका लागि निशुल्क फ्रिक्वेन्सी दिने निर्णय गरेको हो । यो सँगै परिक्षणको क्रममा टेलिकमले सेवाप्रदायकबाट कुनैपनि शुल्क लिन नपाउने समेत व्यवस्था गरिएको छ ।

टेलिकमले गर्ने 5G परीक्षणको लागि कुन फ्रिक्वेन्सी व्यान्ड उपलब्ध गराउने भन्ने बिषयमा दूरसञ्चार प्राधिकरणले निर्णय गर्ने छ भने नेपालमै रहेको अर्को निजी क्षेत्रको लगानीमा संचालिक एनसेलले भने यो सुविधा नपाउने भएको छ।

नेपाल दुरसंचार संथानका प्रवक्ता मिनप्रसाद अर्यालले 5G परिक्षणकोलागि कुन फ्रिक्वेन्सी उपलव्ध गराउने बारेमा बोर्डको बैठकले निर्णय गरेपछि मात्र टुंगोलाग्ने वताए र यसको मुल्यको बारेमा बोलकबोल मार्फत हुने सोमबार बसेको रेडियो फ्रिक्वेन्सी नीति निर्धारण समितिले एक बर्षका लागि निशुल्क फ्रिक्वेन्सी दिने निर्णय गरेको हो । यो सँगै परिक्षणको क्रममा नेपाल टेलिकमले सेवाप्रदायकबाट कुनैपनि शुल्क लिन नपाउने समेत व्यवस्था गरिएको छ जानकारी प्रवक्ता अर्यालले दिए।