के हुदै छ हाम्रो नेपालमा फेरी भागीरथी भट्ट हत्यारा पनी नक्कली

नारायण भण्डारी “आर्यन”| ०२/०६/२०२०

जसरी निर्मला पन्तका हत्यारा नक्कली निस्किएका थिए र आज सम्मपनी पत्तालगाउन नसकिरहेको अवस्थामा फेरी भागीरथी भट्टका हत्यारा भनिएका दिनेश भट्टले पनी आफु हत्यारा नभएको र प्रहरीको करकापमा परेर आफुलाई तेरा बा र भाईलाईपनी मारिदिन्छु भनेर थर्काएको भरमा हत्यारा हु भनेको कुरा उनै भट्टका बाबुले अहिले प्रेसमिट गरेर भनेका छन।

नेपाल प्रहरीको नारा प्रहरी हाम्रो साथी भन्ने कुरा अब कसरी पत्याउने भन्ने संका माथी संका नै उत्पन्न हुन्छ। हुन त नेपाल प्रहरी पनी माथीका आदेश मान्न बाध्य हुन्छ चाहे जुनसुकै मुल्य चुकाउन पनी बाध्यहुन्छन होला नत्र सरुवा हुने डर अथवा प्रोमोसन नभईएला की भन्ने डर त्यसैले पनी बाध्यकारी अवस्था पो आउनेहुनकी । हाम्रो देश नेपालमा की त वलत्कारीलाई फासीको व्यवस्था हुनुपर्दछ होईन भने यसरीनै हजारौ कलिला चेलीहरुको वलत्कारपछी हत्या हुनेक्रम रोकीनेवाला छैन किनकी भनसुनको भरमा धेरै घटनाहरु लुकाउनुको साथै मिसिललाई कमजोर गराउनेकाम गरेका प्रसस्तै घटना हाम्रै आखाँ अगाडी छर्लङ छन त्यसैले हामीले गम्भीर भएर सोचेरै संविधान संसोधन गरेरै भएपनी वलत्कारीलाई फासीको व्यवस्था हुनै पर्दछ भनेर धेरैपटक आवाज नउठेको पनी होईन ।

हुनत जव जव हाम्रो देशको सर्वोच्च पद राष्ट्रपति मा विधादेवी भण्डारी पुगेपछी धेरैजनामा आशाथियो तर आशाको निरासा हुनुबाहेक महिलाको हक हितमा र कलिला वालिकाहरुको वलत्कारपछी हत्या हुने बारेमा नियम कानुन वनाउनुको त कुरै छोडौ कयौ कलिला वालिकाहरुको वलत्कार पछि हत्याहुदा सम्म चुईक्क नबोल्ने राष्ट्रपति के काम भनेर निकै कडारुपमा जनता प्रस्तुत पनी नभएका होईनन तर गाउका गरिवका छोरीचेली बलत्कार भएर हत्या हुदा ठुलो र पावरवाला कुर्सिमा वसिरहेकालाई के फरक नै पर्दोरहेछ र ? त्यसैले गाउकै गरिवकी छोरी सर्वोच्च पदमा पुगेर तिनै गरिवका चेलीको पिडामा २ सव्दपनी नवोलीदिदा विवादमा तानिनुपनी कुनै नयाकुरा होईन ।