चित्रकारिता गर्दा गर्दै भोकले म ढलेको छु चित्रकार "दीपेन्द्र राई"

नारायण भण्डारी “आर्यन”| २०७७ चैत्र १७

चित्रकार दीपेन्द्र राई प्रोफेस्नल चित्रकार हुन उनी बिगत लामो समयदेखी हङकङमा बस्दै आएका छन र हङकङका बिभीन्न स्कुलहरुमा पनी चित्रकारिता सिकाउदै आएका बलपेन आर्टिस्ट दीपेन्द्र राईसंग गरिएको केही कुराकानी

तपाई त लाहुरेको छोरा लाहुरे हुनुपर्ने कसरी बलपेन आर्टिस्ट बन्नुभयो ? हजुर हो सर्सर्ती हेर्दा हामी राई लिम्वु जातिको पहिचान नै लाहुरे भनेर चिनिन्छ। हुनत मैले मात्रै लाहुरे हुनुपर्छ भनेको होईन तर पनी त्यसरी बुझिन्छ हाम्रो राईलुम्वुहरु पनी अन्य पेसामा आवद्द हुनुभएका धेरै हुनुहुन्छ त्यसरी नै म पनी काठमाण्डौको लिटल एन्जल्स स्कुलमा पढ्ने मौका पाएको हुनाले त्यहीबाट नै चित्रकारीताको मोह बढेको हो तर सुरुवात चाहि म वील्यकाल बाटै धुलोमाटोमा चित्र बनाएर सुरु गरेको थिए।

लिटल एन्जल्स पढेको मन्छे कसरी चित्र बनाएर परिवार पाल्न सक्छु भन्ने आट गर्नुभयो यो एउटा भित्रीमनबाटै आएको चाहाना हो जसलाई सहजै नकार्न सकिदैन हो म एकदमै फरक धारमा आएको हुनाले संघर्ष निकै गर्नुपर्पनी हार भने खाईन तर चित्रकारिता नै गरेर खान्छु भन्ने माहोल त्यतीवेलाको अवस्थामा थिएन तपाईको जिवनमा अबिस्मरणीय झणहरु छन भने सुनाईदिनुसन जुन हाम्रा पाठकलाई उदाहरण बनोस हा हा हा कुरा गज्जवको ल्याउनु भो म काठमाण्डौको होस्टलमा बसेर पढ्थे सबै कुराको व्यवस्था पनि घरबाटै मिलाईदिनुभएको थियो त्यसैले खासै ग्राह्रो भएन जव म होस्टल छोडेर कोठा भाडामा लिएर बसे त्यतीवेला मलाई खासै खाना बनाउन पनी आउदैन थियो एकदिन विपिन घिमिरे मेरो गुरु हुनुहुन्छ उहाँको RENESHA Institute of Fine Art मा काम गर्थे त्यहि कामगर्ने सिलसिलामै म बाटोमा आउदा ढलेको छु जुनकुरा म जिवनभर भुल्न सक्दिन।

हङकङमा चित्रकारिता गरेरै जिवन निर्वाह गर्न कत्तिको सहज छ ? हङकङको परिप्रेक्षमा कुरा गर्ने हो भने त्यती सहज पनी छैन र असहज पनी छैन जिवन एउटा संझौतामा चलाउने कुरा हो हुन त म संगै चित्रकारिता गरेका साथीहरुले हङकङमा आएर मुख्यपेसा बदल्नुभयो तर मैले जसोतसो यसलाई थामेर आएको छु। बिभिन्न स्कुलहरुमा चित्रकारिता सिकाउछु साना साना नानी बाबुहरुलाई अनी बेला बेलामा अन्य संघ संस्थाहरुले पनी चित्रकारिता सिकाउन लगाउनुहुन्छ त्यसरी नै चलेको छ ।

तपाईले बनाउनु भएको चित्र मध्ये सबैभन्दा धेरै समय लगाएर र मेहनत गरेर बनाउनुभएको कुनै चित्र छ ? हो मलाई सधै मेरो मानसपटलमा आईरहने विश्वप्रसिद्द व्याक्तित्व मोनालिसाको चित्र कोर्न मलाई पुरै एक वर्षलागेको थियो र निकै उत्कृष्ट पनी भएको लाग्छ मलाई संझन र धेरै समय लगाएर बनाएको मेरो जिवनकै सबैभन्दा महत्वपूर्ण चित्र मध्येमा पर्दछ।

आजकाल साहित्यमा पनी लाग्नुभएको देख्छु नी हो आजकाल म साहित्यमा पनी विस्तारै अगाडी बोढ्दै छु किनकी साहित्य र कला भनेको एक अर्काको परिपुरक जस्तै लाग्छ हुनपनी म हङकङका साहित्यिक संस्थाहरुमध्ये निरन्तररुपमा चलिरहेको संस्था हङकङ साहित्यिक साझाँ श्रृंखलाको हरेक कार्यक्रममा मेरो आफ्ना केहि चित्रहरुपनी समय समय मा परिवेस अनुसार प्रस्तुत गर्ने गरेको छु जस्तै भानुजयन्ती बिपी जयन्ती लैनशिंह वाङदेल जस्ता थुप्रै श्रष्टाहरुको चित्र वनाएको छु र संयोगवस अहिले म उक्त संस्थाको सह-संयोजक पदमा रहेको छु। चित्रकार दीपेन्द्र राईसंगको एक्सक्लूसिव अन्तर्वार्ता हाम्रा पत्रकार आर्यन भण्डारीको साथमा सुन्न यो लिंकबाट जानुहोला ।
https://youtu.be/__gQXJZe-0I