गायक यम पुनको नयाँ म्युजिक भिडीयो सार्वजनिक

गोटिभी संवाददाता| २०७७ चैत्र ९ सोमवार

स्थायी घर पोखरा भएका र बिगत सन २००० ताका एफ एम रेडियोहरुमा निकै चर्चा कमाएका पोखराको चर्चित व्याण्ड “मारुनी व्याण्ड” का गायक यम पुन अहिले विगत लामो समय देखी हङकङमा कार्यरत छन र पहिले नै रेकर्ड गरिएको गित तर पव्लीक नगरीएको “आजपनी... वोलको गित हालसालै वजारमा आएको छ जसमा म्युजिक भिडीयोको निर्माण युट्युव च्यानल GO TV ले वजारमा ल्याएको छ। अहिलेको देशमा भाई भाईमा भै रहेको द्वन्द र कलहका साथै गाउमा मात्र बुढाबुढी रहेको यावत कुराहरु लाई समेटिएको छ सो गीतमा । उक्त गितमा स्वर गायक यम पुनले दिएका छन भने संगित धर्मेन्द्र पुनको रहेको छ र रेकर्ड भने त्यतिवेलाकै वार स्टुडीयो मा गरिएको थियो र संगित संयोजन भने सुनील थापाले गरेका थिए।

गायक यम पुन लाई किन बल्ल यो गित रिलिज गर्नुभयो त भन्ने सवालमा उनी भन्छन देशको हालको परिस्थिति र गितको भाव ठ्याक्कै मिलेकोले अहिले वल्ल बजारमा भिडीयो सहित रिलिज गरिएको हो भन्छन गायक पुन। र यसका सब्दहरु कस्ले लेखेको हो भन्ने बारेमा संझना ठेयाक्कै नआएको बताउछन स्वयम् गायक यम ले। GO TV संगको सहकार्यमा आजपनी दोस्रो गितको म्युजिक भिडीयो तयार गरेको पनी जानकारी गायक पुनले हामीसंग संवादको क्रममा जानकारी दिए।

गायक यम पुन थप्छन गित संगित भनेपछि मलाई भोक पनी लाग्दैन र निद्रापनी लाग्दैन कयौ रात गित संगितका बारेमा सोच्दा सोच्दै उज्यालो भएको पत्तै भएन भन्छन र थप्छन नारायण भण्डारीको साथ र सपोर्टको गर्दा निकै हौसिएका पुन भन्छन हङकङ विसेष गरी जातियता र क्षेत्रीयताका बारेमा कुरा र काम चलेपनी हरेक क्षेत्रमा काम गरीरहेका भण्डारीले आफ्नो जादुमय स्वर सुनेपछि साथदिने वाचा गरेर सोहि मुताविक हालसम्म र भविस्यमापनी साथ सहयोग गर्ने बारेमा ढुक्क छन गायक यम पुन।करिव सन २०१० देखी साथी रहेका भण्डारीले आफुले वचन पुरा गरेको देख्दा रमाईलो पारामा पुन भन्छन सबा बाहुन एउटै हुदैनन जतिलामो टुप्पी छ नारायणको त्यतिनै ठुलो सहयोगी मन पनी रहेको बताएर हासो मै कुरा टुङ्याए । गायक यम पुनको नयाँ गितको म्युजिक भिडीयोको लागी यो लिंकबाट हेर्न सक्नुहुनेछ ।