कोरोना कहरका विचमा NCCHK ले गरेका विविध कामहरुको बारेमा

गोटिभी संवाददाता| २०७७ चैत्र ३१

नेपाल चेम्वर्स अफ कमर्स हङकङको कोरोना कहरका विचमा पनी NCCHK ले गरेका विविध कामहरुको बारेमा र यस संस्थामा आवद्द हुनकोलागि के के गर्नुपर्दछ र यसवाट व्यापारिक घरानाहरुले के के फाईदा लिन सक्छन र यो संस्था सन २००५ मा स्थापना भएपनी हङकङ सरकारमा सन २००८ बाट दर्ता भएर बिधधत रुपमा काम गर्दै आएको नेपाल चेम्वर्स अफ कमर्सका चेयरमेन श्री डासुराम पराजुली ज्यू संग गरेको कुराकानी ।

नेपाल चेम्वर्स अफ कमर्सको अबधारणा र यसको बिधिवत रुपमा कहिलेबाट संचालनमा आयो ?
सन २००५ मा हङकङमा व्यापार गरीरहेका र गर्ने सोचमा सहेका सबै व्यवसायमा रुचि भएका साथीहरुले यसलाई हङकङ सरकारमा दर्ता गरेरै अगाडी बढौ भन्ने सल्लाह अनुरुप अगाडी बढ्यौ र दर्ता प्रक्रियामा गयौ सन २००८ मा हङकङ सरकारमा दर्ता गर्न सफल भयौ र अगाडी बढेका हौ।

NCCHK मा आबद्द हुनकोलागि के के गर्नुपर्छ र के के सुविधाहरु प्राप्त गर्न सकिन्छ?
नेपाल चेम्वर्स अफ कमर्समा आबद्दहुनको लागि व्यापार गरिरहेका सबै व्यापारीसाथीहरुले ३ वर्षकोलागि हङकङ डलर १५०० तिरेर सदस्यता लिन सक्नेछन र यसरी हामीसंग जोडीएपछि व्यापारिक गतिविधि विभिन्न अन्तरराष्ट्रीय व्यापारीक संघ संस्थाहरुसंग हुने विभिन्न सेमीनार, गोस्ठिहरुमा सहभागि भएर आफ्नो अनुभव सेयर गर्नुकोसाथै विभिन्न व्यापारिक घरानाहरुको अनुभव साटासाट गर्दै हङकङ सरकारबाट प्राप्त गर्न सकिने संपूर्ण सेवा सुविधाको वारेमा प्रतक्ष वा टेलिफोन संपर्क गरि जानकारी दिने र केहि नवुझेको कुराहरुमा सहयोग गर्दै व्यापारीसाथीहरुलाई परेका अप्ठ्याराहरुमा सहजिकरणको साथै विविध जानकारी र सल्लाह सुझाव दिने गर्दछौ।

हालको अवस्थामा NCCHK संग कती नेपाली व्यवसायीहरु आवद्द हुनुहुन्छ?
हामीले संपूर्ण व्यवसायी साथीहरुलाई आफ्नो हकहित र सुरक्षाकोलागि पनी संगठितभएर लाग्नकोलागि अनुरोध गरिरहेका छौ र घरदैलो कार्यक्रमको रुपमा गएर प्रतक्ष भेटी अनुरोध गरि करीव ३०० जति व्यापारि साथीहरुलाई संगठित गरेका छौ र १००को हाराहारीमा हाम्रा सक्रिय सदस्यहरु छन भने अझै पनी हाम्रो संस्थामा आवद्द हुनेको संख्या बढ्दै छ र बढिरहेको पनी छ।

हङकङमा दिनानुदिन बढ्दै गैरहेको आगलागीबाट के कसरी बच्ने रणनीति बनाउनुभएको छ?
हो हङकङमा हरेक दिनजसो आगलागिको घटना हुनेगर्दछन र हामी संपूर्ण व्यापारी साथीहरुले आफ्नो व्यवसायलाई हङकङको सरकारी निकायमा दर्तागरी व्यापार गर्दा भैपरी आउने घटनाहरुमा सरकारको राहातकोसबाट सहयोग प्राप्त गर्नसकिन्छ र जो साना साना व्यवसाय गर्नुभएको छ उहाँहरुलाई पनी संगठित भएर कानुनीरुपमै दर्ता भएर व्यापार गर्नुको साथै आफ्नो पसल र अफिसमा आगलागिबाट बच्नकोलागी चाहिने उपकरणहरु जडानगर्नुको साथै आगलागी हुनबाट वच्नेबारेमा पनी जानकारी दिन्छौ।

हङकङमा भएको आन्दोलन र कोभिडको वेला व्यापारीलाई निकै मर्का पर्यो त्यसमा संस्थाको तर्फबाट केहि पहल गर्नुभयो ?
सन २०१९ बाट हङकङमा प्रजातन्त्रबादी हरुको आन्दोलन भयो त्यससंगै फेरी कोभिड-१९ ले निकै असर गर्यो त्यसबाट व्यापार व्यवसायमा निकै नै नकारात्मक असर पर्यो र त्यसबाट केहि राहात होस भनि हङकङ सरकारले पटक पटक राहत वितरण गर्यो जसमा हामीले त्यो क्राईटएरीयामा नपरेका साथीहरुलाई पनी कसरी त्यो राहात पाउन सकिन्छ र डेडलाइन को वारेमा सहजिकरण गर्यौ त्यसरी नै धेरै व्यापारीसाथीहरुले उक्त कोषबाट लाभान्वित हुनुभयो।

NCCHK को मुख्य आयस्रोत के हो र कसरी संचालन गरीरहनुभएको छ ?
निकै राम्रो प्रस्न गर्नुभयो हो NCCHK अन्य संघ संस्था जसरी डोनेसनको भरमा चल्ने संस्था होईन यो नितान्त व्यापारिक संस्था भएकोले यसको आयस्रोत भनेकै संस्थामा आवद्द हुदा लिईने मेम्मरसिप सुल्क हो त्यसैले हामीले यसको कोष वृद्दिकोलागी बढिभन्दा बढि व्यापारी साथीहरुलाई आवद्द गरेर कोष बढाउनु सिवाय अन्य उपाय हुदैन र छैन पनी ।

हङकङमा नयाँ व्यापार गर्न चाहाने हरुकालागी तपाईको सुझाव ?
हो तपाईहरु जतिपनी नयाँ व्याक्तिहरु हङकङमा व्यापार गर्न चाहानुहुन्छ आउनुहोस वजारलाई वुझेर आफुसंग भएको अनुभवको आधारमा लगानी गर्नुहोस तर तपाईसंग स्टक मनी हुनुपर्दछ किनकी यहाँको रेन्ट एकदमै महंगो छ त्यसैले सबैकुराको विचारगरेर लगानी गर्नुहोस अथवा हामीसंग सरसल्लाह गरेर गर्दापनी हामी उचित सल्लाह र सहयोग गर्छौ तर हचुवाको भरमा लगानी नगर्नुहोस।

NCCHK को मुख्य उधेश्य के हो ?
खासगरी हङकङमा छरीएर रहेका व्यापारीसाथीहरुलाई एकबद्दगरी व्यापारमा दिगो रुपमा मुनाफा कसरी कमाउन सकिन्छ र हाम्रो देशको उत्पादनलाई विश्वसामु कसरी पुर्याउने भन्ने उधेश्यका साथ हामी अगाडी बढिरहेका छौ। हामी कतिसम्म सफल हुन्छौ त्यो त समयले देखाउला र हाम्रो मेहनतमा पनी भर पर्दछ।

अन्त्यमा मैले सोध्न बिर्सेको र तपाईलाई भन्न मनलागेको कुरा केहि छ ?
हुन त कुराहरु भनेको जति गरेपनी सकिदैन र कुरा गरेकै भरमा केहि हुदैन र गर्नुपर्ने काम हो त्यसैले कुरा भन्दा काम अगाडी गर्ने बानि बसालौ हामी नेपाली र नेपालको नाम, उत्पादनलाई कसरी बिश्वसामु पुर्याउन सकिन्छ त्यसतर्फ लागौ र नजिकिदै गरेको हामी नेपालीहरुको नयाँ वर्ष बि सं २०७८ सालको संपूर्ण नेपालीहरुमा हार्दिक मंगलमय शुभकामना व्याक्त गर्दछु ।