नयाँवर्ष २०७८ बाट पस्चिमान्चल बासी सिधै भैरहवा एयरपोर्टबाट बिदेश उड्न सक्ने काठमाण्डू धाउन नपर्ने

गोटिभी संवाददाता| २०७७ चैत्र ५

राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको गौतमबुद्ध विमानस्थल रुग्ण अवस्थामा पुगेर चाँडो प्रगति हासिल गरेको आयोजना हो गौतम वुद्द अन्तरराष्ट्रीय विमानस्थल सन् २०१७ डिसेम्बरभित्र निर्माण सक्नेगरी सन् २०१५ मा शुरु भएको विमानस्थलको काम बीचमा ठेकेदार कम्पनीको लापरवाहीले अवरोध भएको थियो। पछि थपिएको दुई वर्षको अवधिमा आयोजनाको काम उल्लेख्यरुपमा प्रगति भएको थियो ।

आगामी नयाँ वर्ष २०७८ बाट नेपालको पश्छिमान्चल र त्यस आसपासका वासिन्दालाई बिदेश जानको लागी काठमाण्डौ सम्म आउन नपर्ने भएको छ । आगामी तीन महिनापछि भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट सिधै विदेश उडान भर्न पाइने भएको छ । विमानस्थल निर्माण आयोजनाले भौतिक संरचना निर्माणको काम सकेकोले तीन महिनामा विमानस्थल सञ्चालन गर्ने भएपछि भैरहवाबाट सिधै विदेश उडान हुने भएको हो निर्माणाधीन गौतमबुद्ध अन्तरराष्ट्रीय बिमानस्थलमा अब प्राबिधिक उपकरणहरु जडान गर्न वाकी रहेको छ दक्ष प्राविधिकहरु विदेशबाट झिकाउनुपर्ने भएकोले मात्र बिलम्व भएको हो भने भौतिक संरचनात्मक कार्य हेर्दा ९५ प्रतिशत काम सम्पन्न भएको छ।

विमानस्थलका लागि विदेशबाट आउनुपर्ने उपकरण भने करीब १०० प्रतिशत आइसकेको आयोजना प्रमुख प्रवेश अधिकारीले जानकारी दिए । ९८ प्रतिशतभन्दा बढी उपकरण आइसकेको छ । उनका अनुसार दक्षिण कोरियाबाट विज्ञ प्राविधिक आइसकेका छन् एकरदुई दिनभित्रै अमेरिकाबाट थप दुई जना विज्ञ प्राविधिक आउँदैछन् । त्यस्तै भारतबाट झण्डै १५ जना प्राविधिक जनशक्ति आउनेछन् ।यसरी नै अमेरीकाबाट २ जना प्राविधिक आउदैछन भने चिनबाट ६ जना प्राबिधिक आउनेछन । यी सबै प्राविधिक आएपछि भने करीव ४५ दिनमा काम सम्पन्न गर्नेछन।

भैरहवा विमानस्थल शान्तिका अग्रदुत भगवान गौतम वुद्दको जन्मस्थल लुम्बिनीको नजिक रहेकोले यसबाट बौद्धिष्ट पर्यटकिय हवको रुपमा समेत प्रयोग गर्न सकिने र बुद्दिष्ट देशहरुमा नियमित उडानगर्ने कुराको पनी जानकारी निगमका माहाप्रवन्धकले दिए।

नेपालको बहुआयामिक विकासका लागि उड्डयन क्षेत्रका साथै पर्यटन क्षेत्रको प्रवद्धनमा संयुक्त प्रयास गरिने कुरा सम्झौतामा समावेश गरिएको छ । उड्डयन र पर्यटनका क्षेत्रमा अनुसन्धानात्मक क्रियाकलाप अगाडि बढाउन र राष्ट्रिय एवं अन्तरराष्ट्रियस्तरमा संस्कृति परम्परालाई विस्तार गर्ने लक्ष्य लिइएको समझदारीपत्रमा उल्लेख छ भने लुम्बिनी विश्वविघालयमा अध्यनगर्ने निगमका कर्मचारीका छोराछोरीलाई विशेष छुट दिने कुरासमेत जानकारी गराईएको थियो।

देशको विकासको लागि बाटो र हवाई उड्यनले निकै ठुलो भुमिका खोल्नेहुदा देशको गौरवको आयोजनाको रुपमा थालिएका योजना हरुले समयमा सम्मनहुने वातावरण हुनेहो भने देशलाई विकासमा कोल्टोफेर्न धेरैसमय पक्कै लाग्नेछैन यसकोलागि हामी सबै नेपालीले नेपालमाहुने बन्द हडताल र चक्काजाम लगायतका देश र जनतालाई प्रतक्ष प्रभावपार्ने कुरालाई सधैकोलागि बन्द गर्नुपर्दछ।